Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

विश्व किर्तिमानी लेखक उपाध्यायको उपन्यास ‘भाइरस लभ’ तिलिचो तालमा लोकार्पण

कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो ।

पुस्तकलाई पत्रकार कृष्ण भुसाल, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरेका थिए ।

१९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । कार्यक्रममा सहभागी भुषाल, चन्द र अधिकारीले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

यति धेरै उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्यायले जानकारी गराए शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ ।

डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’लगायत थुपै उपन्यास र गीत सार्वजनिक भएका छन् ।

डा. उपाध्यायले गीत संगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्ड सहित १०८ विश्व कीर्तिमान कायम केही अगाडि गरेका थिए ।

TOP