एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डाक्टर अर्जुन बन्जाडेको उमेद्वारी घोषणा
एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डाक्टर अर्जुन बन्जाडेले उमेद्वारी घोषणा गर्नुभएको छ । अमेरिकाको डल्लास टेक्सासको नेपाली मन्दिरमा आयोजित एक कार्यक्रमका बीच डाक्टर बन्जाडे आफ्नो उमेद्वारी घोषणा गर्नु भएको हो ।
कार्यक्रममा अमेरिकाको एनआरएनएमा सक्रिय बिभिन्न अभियन्ताहरुको सहभागिता थियो। उमेद्वारी घोषणा कार्यक्रममा बोल्ने अधिकांस सहभागीहरुले बन्जाडेलाई सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।
डाक्टर बन्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उमेद्वारी दिएको बताउनु भयो। कार्यक्रममा उहाँले भन्नुभयो, “म एकताको पक्षमा सधै छु, जीवनमा धेरै पटक पछि हटेको पनि छु। मेरो ईतिहास हेर्नुस र सहयोग गर्नुस भन्छु।”
अघिल्लो निर्वाचनमा अध्यक्ष उठेका बन्जाडेले अन्तिममा आएर सुनिल साहलाई सहयोग गर्दै बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिनु भएको थिय। आफ्नो उमेद्वारी घोषणा कार्यक्रममा डाक्टर बन्जाडेले एनआरएनए अमेरिकामा आफुले गरेका कामहरु र गर्न चाहेका कामहरु पनि उल्लेख गर्नु भएको थियो।
एनआरएनए अमेरिकाको अध्यक्ष पदमा अहिलेसम्म चारजनाको उमेद्वारी परिसकेको छ। यसअघि वुद्धि सुवेदी, तिलक केसी र कृष्ण लामिछानेले पनि उमेद्वारी घोषणा गरिसक्नु भएको छ।
NEWS SOURCE- NEPLEASE DIASPORA