महेश बस्नेतको आरोप-प्रचण्डले राजनीतिक वेश्यावृत्ति गर्यो (भिडियोसहित)
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्डले राजनीतिक वेश्यावृत्ति गरेका आरोप लगाएका छन् । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहणको कार्यक्रममा बोल्दै उनले त्यसो बताएका हुन् ।
प्रचण्डले एमालेसँग गठबन्धन गर्दागर्दै काँग्रेससँग समेत भित्रि रुपमा कुराकानी गरेको भन्दै उनले प्रचण्डले राजनीतिक वेश्यावृत्ति गरेको उपमा दिएका हुन् । ‘प्रचण्डले उपनिर्वाचनको दौरानमा एमालेसँग गठबन्धन हुँदाहुँदै पनि काँग्रेससँग डिपलभ परेको बताउनु भएको थियो यसलाई हामी राजनीतिक वेश्यावृत्तिको उपमा दिन्छौ,’ नेता बस्नेतले भने ‘यस्तो राजनीतिक वेश्यावृत्ति गर्ने प्रचण्डप्रवृत्तिको विरुद्ध राष्ट्रिय युव संघले खुलेर विरोध गर्छ ।’
भिडियो:-