Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुपर्छ, नागरिकता विधेयक प्रमाणीकरण गर्न पाइँदैन : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिएको हुनाले अब विश्वासको मत लिनुपर्ने बताएका हुन् ।

त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने उनको भनाई थियो । उनले भने, ‘सत्ता गठबन्धनको बैठक बेठिक छ । ख्वप विश्वविद्यालयबारे हामीले २०७३ सालमा संसद्मा दर्ता ग¥यौँ । २०७४ मा चुनाव भएपछि अब यो काम लाग्दैन भनेपछि अहिलेसम्म ल्याइएको छैन ।’

एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिलाई प्रमाणीकरण गराउने सत्ता गठबन्धनको निर्णय प्रजातन्त्रको मान्यता विपरीत छ ।

TOP