Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

१० बैशाखमा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगमी १० बैशाखमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचमा सहभागि हुन दल दर्ताका लागि राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले सुचना सार्वजनिक गर्दै निर्वाचनमा भाग लिने चाहने राजनीतिक दलले ८ चैतदेखि १२ चैतसम्म दल दर्ता आह्वान गरेको हो । १० बैशाखमा चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ ।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उप निर्वाचन हुन लागेको हो । तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । त्यसो हुँदा खाली भएको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको हुँदा बारा–२ मा पनि उपनिर्वाचन हुँदैछ ।

TOP