Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

झापाली समाज टेक्ससले विस्तारित बैठक राख्दै:  स्कलरसिपका लागि ५ लाख नेपाल पठाउने तयारी

झापाली समाज टेक्ससले संस्थाको विस्तारित बैठक फेबु्रअरी तेस्रो साता राख्ने भएको छ । झपा समाज अमेरिकाकी अध्यक्ष यमुना भट्राईको सहितको उपस्थितीमा समाजले आगामी फेबु्रअरी १९ तारिकका दिन विस्तारित बैठक राख्ने भएको हो ।

संस्थागत पछिल्ला कार्यहरुको समिक्षात्मक छलफल सहितको यस विस्तारित बैठकमा गत तिहारमा देउसी भैलोबाट उठेको नेपाली रकम ५ लाख नेपालका विद्यार्थीको स्कलरसिपका लागि दिने विषयमा निर्णयात्मक छलफल हुनेछ ।

मातृभूमि नेपालको शिक्षा स्तरोन्ततीका लागि सहयोगार्थ रकम पठाउ ने तयारीमा रहेको समाजको विस्तारित बैठकमा यस रकम हस्तान्तरणको आवश्यकता, महत्व र मातृभूमिप्रतिको दायित्वका विषय केन्द्रिय छलफलको विषय रहने छ ।

झापाली समाज टेक्सस सचिव श्रद्धा अधिकारीको सभापतित्व रहने कार्यक्रममा सचिव अधिकारीले समाजका बारेमा प्रकास पार्नुका साथै सहयोग रकम सम्बन्धमा पनि आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

 

TOP