Trending

विश्वकप ग्लोबल छनोट: नेपालले दियो ओमानलाई १ सय १८ रनको लक्ष्य

काठमाडौं, ६ फागुन:आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११७ रन जोड्यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । यस्तै सन्दीप लामिछाने १६ रनमा आउट हुँदा लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए ।

ओमानका खवार अलिले सर्वाधिक तीन विकेट हात पारे । विलाल खानले दुई-दुई विकेट हात पारे । ओमानले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

TOP