Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

नेपाली बजारमा नक्कली नोटको बिगबिगी

काठमाडौँ,  २३ माघ : नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो ।

प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजारसहित १ जना पक्राउ परेका थिए ।

मुलुकका साना ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानअन्तरगतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन् ।

सुरक्षा स्रोतका अनुसार अहिले नेपाल भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन् ।

TOP