गणतन्त्र आएपछि सबै खाएर सकाए भन्नु गलत : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आफ्नो तर्फबाट प्रयास गरिरहेको बताएकी छिन् ।
शनिबार आयोजित प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्वतन्त्रता नआएसम्म पत्रकारले लेख्ने स्वतन्त्रता नपाएको भन्दै राजनीति र पत्रकारिता एकआपसमा जोडिएका अंग भएको बताईन् ।
मन्त्री शर्माले गणतन्त्र आएपछि सबै खाएर सकाए भनेर जुन ढङ्गले गणतन्त्र र यसका नायकहरुमाथि भईरहेको प्रहार गलत भएको भन्दै गणतन्त्र पश्चात प्रेस स्वतन्त्रता प्राप्त भएको बताइन् ।
उनले भने, गणतन्त्र आएपछि सबै खाएर सकाए भनेर हिजै ठीक थियो भनेर जुन ढङ्गले गणतन्त्र र यसका नायकहरुमाथि प्रहार भईरहेको छ । यो बेलामा गणतन्त्र आउनुभन्दा पहिला र अहिलेको अवस्थामा के कस्तो सुधार भयो भएन भनेर समीक्षा गर्नुपर्ने छ । उपलब्धिमा के कस्तो सुधार भएको छ त्यसको प्रचार गर्नुपर्छ । सबै दुःख कष्ट गर्ने हामी, परिवर्तन गर्ने हामी तर हामीले नै गल्ती गरेको जस्तो पार्ने स्थिति जुन भएको छ । वास्तवमा यो गलत हो । यसका विरुद्ध कसरी जाने भन्ने विषयमा पनि ध्यान दिनु आवश्यक छ । ’
मन्त्री शर्माले प्रेस स्वतन्त्रताको विषयमा नीति कार्यक्रममा समावेश भएको विषयलाई सक्दो कार्यान्वयन गर्नुपर्ने भन्दै यसमा सरकार सकारात्मक रहेको बताए ।

TOP