Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता मध्ये ५ बालक सहित ११ जनाको शव फेला – २७ जना बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिरोबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

पहिरोले २७ घर पुरेको थियो । घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चारजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ ।

गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एअरको हेलिकोप्टरमार्फत् उद्धार गरी नयाँबानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापा शुक्रबार अपराह्न राहत सामग्री सहित घटनास्थल पुगी घटनाकाबारेमा जानकारी लिनुभयो ।

राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाकाबारेमा जानकारी लिइ फर्कनुभएको थियो ।

लिदीमा राहत
३८ जनालाई पुर्नेगरी पहिरो आएको जुगल गाउँपालिका–२, लिदीमा राहत पुर्‍याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालका लागि लिदीबासीमाझ राहत सामग्री पुर्‍याएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले लिदीका पहिरोपीडितलाई विभिन्न राहत सामग्री प्रदान गरेको छ ।

ती सामग्रीमा नीलो चिनियाँ पाल ४० थान, भाँडावर्तन, मिनि ब्ल्यांकेट, पहेंलो त्रिपाल, म्याट्रेस, बाल्टिन ढकनसहित ४० थान, प्लास्टिक जग ४० थान, ग्यालिन ६० थान र पञ्जा ४० थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । (रासस)

TOP