एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज९मंगलवार० च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने भएको छ ।
सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ । एमालेको केन्द्रीय समिति बैठक २८ वैशाखबाट सुरु हुँदैछ । बैठक झापामा हुने भनिएको थियो । तर, संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको हुँदा बैठक काठमाडौंमा नै गर्ने निर्णय भएको हो ।
एमालेका अनुसार गत ४ मंसिरमा सम्पन्न निर्वाचन तथा हालै सञ्चालन गरिएको ‘मिसन ग्रास रुट’को समीक्षा लगायतका बिषय बैठकमा छलफल हुने भनिएको छ ।