Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

माओवादी पृष्ठभूमिका नेता प्रधानमन्त्री निवास बालुवाटारस्थित संयुक्त बैठकमा

काठमाडौं । माओवादी पृष्ठभूमिका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । विभाजनपछि माओवादी पृष्ठभूमिका नेता एउटै बैठकमा सहभागि भएको यो पहिलो घटना हो । द्धन्द्धकालिन घटनालाई लिएर सर्बोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएदेखि माओवादी पृष्ठभूमिका नेता एकै ठाउँमा आएका छन् । बैठकमा द्धन्द्धकालिन मुद्या, बेपत्ता पारिएकाहरु तथा द्धन्द्ध पीडितका सन्दर्भमा छलफल हुँदैछ ।

बैठकमा माओवादी केन्द्रको अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसहित सीपी गजुरेल, डा. बाबुराम भट्टराई, खड्गबहादुर बिश्वकर्मा, धर्मेन्द्र बास्तोला, आहुती, कर्णजीत बुढाथोकी लगायतका नेता सहभागि छन् । बैठकमा सकेसम्म पार्टी एकता र नभए मोर्चागत एकतागर्ने बिषयमापनि छलफल हुँदैछ । आइतवार पनि माओावादी पृष्ठभूमिका नेताकार्यकर्ता एउटै मञ्चमा सहभागि भएर एकजुट हुनु पर्ने धारणा सार्वजनिक गरेका थिए । कार्यक्रम शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको थियो ।

TOP