Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पत्रकार महासंघ आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएका प्रेश चौतारी अध्यक्षको निन्दा

प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएको भन्दै महासंघ कास्कीले त्यसको निन्दा गरेको छ । गिरीले शनिबार रााति सबा ११ बजेतिर महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई फोन गरी महासंघको भवनमा आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनबाट निर्वाचित नयाँ समितिलाई आइतबार पदस्थापन गराउने कार्यक्रम महासंघमा राखिएपछि चौतारी कास्कीले विरोध गरेको थियो । माओवादी केन्द्र अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पदस्थापन गराउने तय भएपछि चौतारीले विज्ञप्ति निकालेर पदस्थापन बहिष्कार गर्ने घोषणासमेत गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गर्न दिएमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आगो लगाएर ध्वस्त पारिदिने भनि दिएको धम्की अत्यन्तै निन्दनीय र खेदजनक छ ।’ सिंगो महासंघको स्वाभिमानमा आँच आउने गरी प्रेस चौतारी नेपाल कास्की अध्यक्ष गिरीले दिएको धम्कीले समग्र पत्रकारको भावनामाथि आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारसँग आबद्ध विभिन्न संघ–संगठनले नेपाल पत्रकार महासंघ कास्कीको भवन सञ्चालनमा आएदेखि नै प्रयोग गर्दै आएका छन् । आगामी दिनमा कोही कसैले यस्ता खालका धाक धम्कीपूर्ण व्यवहार नगर्न महासंघ कास्की शाखाले आग्रह गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको चुनावमा चौतारी समर्थित रञ्जन अधिकारी पराजित भएका थिए । चौतारी कास्की अध्यक्ष अर्जुन गिरी नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्यसमेत हुन् ।

TOP