Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

‘सिआईबीको पुलिस हौं’ भनेर नगद र मोबाइल लुटपाट

काठमाडौं, २८ माघ : केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको ‘प्रहरी हौं’ भनेर काठमाडौंको बौद्धबाट दुईजना युवाले नगद र मोबाइल लुटेका छन् । माघ २५ मा काठमाडौं महानगरपालिका–६ मा रहेको कुशल व्याङ्क्वेट अगाडि चिया खाइरहेका २ जनालाई उनीहरुले लुटेका हुन् ।

लुटमा संलग्न मध्येका गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए । मिश्रको साथबाट प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको सुचकको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्रको आधिकारिकताबारे प्रहरीले विभागलाई पत्र लेखेर जानकारी मागेको छ । लुटमा संलग्न अर्का एकजना फरार छन् ।

चिया खाइरहेका व्यक्तिहरुलाई ‘तिमीहरु लागु औषध कारोबारी हौ ?’ भनेर उनीहरुले पहिले सो पसलमा र त्यसपछि लजमा लगेर खानतलासी गरेर एटिएमको पासवर्ड मागेर १ लाख ३६ हजार निकालेर लगेका थिए । माघ २६ मा फेरि फोन गरेर थप १ लाख मागेपछि पीडितहरु महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी गर्न गएका थिए ।

शुरुमा आरोपीहरुले २० लाख मागेको र पछि मोवाइल, एटिएम कार्ड र नगद लिएर हिँडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका आरोपीमाथि बौद्ध प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

TOP