Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

चर्चित संचारकर्मी तथा मोडल जीबी चिरन र TIKTOK गर्ल गीता ढुंगाना अभिनित ” दशैँ आयो” सार्बजनिक

पछिल्लो समय नेपाली हिन्दुहरुको महान चाड दशैं तिहारलाई लक्षित गरेर धेरै गीतहरु रिलिज भइरहेका छन् । यसैबीच, दशैंलाई लक्षित गरेर नयाँ दशैं गीत रिलिज भएको छ।

आइतबार रिलिज भएको ‘दशैं आयो’ बोलको गीतमा तिलक बस्नेत र कविता खत्रीको सुमधुर आवाज रहेको छ। गीतमा तिलक बस्नेतको संगीत अनि समीर प्रकाश पाण्डेको शब्द रहेको छ।

डान्सिङ शैलीमा आधारित रहेको गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। लाहुर गएका लाहुरे दशैंमा घर फर्किँदा आफ्नो प्रेमिका अनि परिवारसँग रमाइलो गरेको कथालाई भिडियोमा देखाइएको छ।

भिडियोमा कलाकार चिरञ्जीवी सापकोटा, गिता ढुंगाना, जिवेश गुरुङ र रुबिशा श्रेष्ठको अभिनयसंगै रमाइलो डान्स देख्न सकिन्छ। समग्रमा उनीहरू चारै जनाको डान्स आकर्षक छ। यसभन्दा अगाडि सोलो बिटका म्युजिक भिडियोमा अभिनय गरेका चिरञ्जीवीले भिडियोमा पहिलोपटक डान्स गरेको फिल्मीपत्रलाई बताए। आफू प्रोफेसनल डान्सर नभएको र आफुले हल्का डान्स गर्ने कोसिस गरेको पनि चिरञ्जीवीले बताए।

भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन् । राजेश घिमिरेले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन्।भने, अमृत चापागाईंले भिडियो सम्पादन गरेका हुन् । भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।

हेर्नुस् भिडियो..

TOP