युक्रेनको पक्षमा लडिरहेका अमेरिकी युवा रुसी सेनाद्वारा मारिए
रुसी आक्रमणको सिकार बनेको युक्रेनका पक्षमा लड्दै आएका एक अमेरिकी युवा रुसी सेनाद्वारा मारिएका छन् । सैनिक अनुबन्ध प्रतिष्ठान (मिलिटरी कन्ट्र्याक्टिङ कम्पनी)मा काम गरिरहेका २२ बर्षिय अमेरिकी युवा विली जोसेफ क्यान्सल रुसी सैन्य आक्रमणमा मारिएका हुन् ।
युक्रेनी सेनासंगै रुसको विरुद्धमा लडिरहेका उनि युद्ध स्थलमा मारिएको सिएनएनएसंग उनको परिवारले बताएको छ । पूर्व अमेरिकी नौसेना रहेका उनि प्रतिष्ठानको निर्देशनमा युक्रेन समर्थन युद्धमा खटिएका थिए ।
युक्रेनमा युद्ध सुरु हुनुभन्दा केही समय अघि अमेरिकाको टेनेसीमा सुधार अधिकारीको रूपमा काम गरेका उनले निजी सैन्य अनुबंध प्रतिष्ठानमा काम गर्न सहमति जनाएपछि उनि युक्रेन पक्षमा लड्नका लागि गएका थिए ।
उनको हत्या भएको पुष्टी भएपनि अहिले सम्म शव फेला पर्न नसकोको र शवको खोजी भईरहेको परिवार स्रोतले जनाएको छ ।
विबाहित क्यान्सलको ७ महिना अघिमात्र छोरा जन्मिएको थियो । उनकी श्रीमतीले युक्रेनका नागरिककको जीवन रक्षाका लागि गएका श्रीमान नफर्किएपछि भावुक हुँदै भनेकी छन् मैले म २३ बर्षमा विधवा बन्छु र मेरो हाम्रो छोरा बुबा बिहिन हुनेछ भन्ने कल्पना समेत गरेकी थिईन । म चाहन्छु उहाँ घर आउनुहोस् र उहाँका अन्तिम संस्कार भनेपनि राम्रो संग गर्न पाईयोस् ।
उनकी श्रीमतीले आफ्ना श्रीमान साहासी र नायक रहेको बताउँदै श्रीमानको मुख्य मिसन मानव जीवन रक्षा थियो जसका कारण आज आफैंले ज्यान गुमाउनु पर्यो ।