मलेसियामा एकै दिन ८६ जनाको मृत्यु: २७,४०० संक्रमित
मलेसिया ४ चैत:कोभिड संक्रमणका कारण मलेसियामा फेरी त्रासदी सृजना भएको छ । मलेसियामा पछिल्लो २४ घन्टा यता कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित हुनुका साथै ८६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित रहेको मलेसियामा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको मृत्यु भै सकेको छ ।
पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरिया, मलेसिया लगायतका देशहरुमा संक्रमण र मृत्युदर संख्यामा बृद्धी भै रहेको छ । (एजेन्सी)