Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

रविको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीको खुट्टा काँपीसक्याे, मुटु कहाँ चेक गर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री र गृहमन्त्रीले खुट्टा कमाएको टिप्पणी गरेका छन् ।

संसद बैठकमा उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँहरूको मुटु देखेका छौँ । कहाँ गएर चेक गर्ने ? जजसको नाम आएको छ सोधपुछ गर्न किन डराएको ?’

उनले भ्रष्टाचारको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरे । ‘भ्रष्टाचारको विषयलाई बारम्बार कुरा उठाएका थियौँ । तीन दल खुसुर खुसुर बसेका छन् । हामीले आशंका व्यक्त गरेका थियौँ । आज कुनै दल दल बाँकी छैन आरोप लाग्न । अनुसन्धान गर्ने निकायकै प्रमुखहरूकाे नाम आइरहेको छ । अँध्यारो कोठामा गल्लीमा भएको छैन याे काम । दिनदहाडै उज्यालोमा, प्रधानमन्त्री कार्यालयमा, मन्त्री क्वाटरमा र सिंहदरबारमा लेनदेन भएको छ । यसकाे संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्छ,’ उनले भने ।

उनले नाम मुछिएका सबैलाई छानबिनकाे दायरामा ल्याउन पनि माग गरेका छन् । सभामुख देवराज घिमिरेले लामिछानेका कुरामा ध्यानाकृष्ट भएकाे भन्दै संसदकाे कारबाही अगाडि बढाएका छन् ।

TOP