Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

भाषणगर्ने प्रतियोगीता राख्ने हो भने नेपालप्रथम हुन्छ : मन्त्री राई

काठमाडौं । भुमिव्यवस्था सहकारि तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले देशमा भाषण गर्ने काम बाहेक अरु केही नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित सहकारिमा संकट अन्तरक्रियाकार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भाषण गर्ने प्रतियोगिता राख्ने हो भने नेपाल प्रथम हुन्छ भन्दै ब्यङ्ग्य गरे ।

‘देशमा भाषण गर्ने प्रतियोगिता राख्ने हो भने नेपालप्रथम हुन्छ । तर कामको परिणाम आउन बहुत गाह्रो छ । हामीले कुरा गर्न जान्यौं तर कामगर्न जानेनौं । यो देश हल्लै हल्लाको देश हो ।’राज्यले कुरागर्न जानेको तर कामगर्न नजानेको पनि उनको भनाई छ । उनले देशको अर्थतन्त्र संकटमा परेको भन्दै यसलाई सुधार्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

TOP