Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

एमाले नेतृत्वको विपक्षी दलको गठबन्धन प्रतिगमनकारी भएको पराजित गृहमन्त्रीको आरोप

रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा पदमा राप्रपाका नेता दिपक बोहोरासंग पराजित गृहमन्त्री खाणले पराजित भएपछिको पहिलो गठबन्धनको बैठक सहभागी हुँदै गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरुप अगाडि बढिने बताएका छन् ।रुपन्देहीको भैरहवामा आज आयोजित बैठकमा उनले भावि प्रधानमन्त्री पनि ५ दलका शीर्ष नेता बसेर निर्णयले तय गर्ने बताएका हुन् ।

आफ्नो पराजयलाई स्वभाविक रुपमा लिने तर्क सहित आफु कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केकाले जनमतलाई स्वकार गर्ने बताएका छन् ।

निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुने भएपनि भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गरेको उदाहरणलाई अघि सारेका हुन् ।

आफु गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको बताउँदै उनले त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको बताएका छन् ।

आफू निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धनलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने बताएका उनले पाँच दलीय गठबन्धनविरुद्ध एमाले नेतृत्वमा बनेको विपक्षी दलहरूको गठबन्धन प्रतिगमनकारी भएको आरोप समेत लगाएका छन् ।

आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा समेत आरोप लगाएका मन्त्रि खाणले आफू सरकारमा भए पनि नभए पनि गठबन्धनका पक्षमा रहेर यस प्रयास सफल हुन नदिने दावि गरेका छन् ।

सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् ।

खाणले अवको प्रधानमन्त्री को बन्ने भन्ने विषयमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी बसेर टुङ्गो लाग्ने बताएका हुन् ।

पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरुप अगाडि बढिने बताउनुभयो ।

TOP