Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

काठमाडौँका व्यवसायी विजय चौधरीको हत्या अभियोगमा ६ जना पक्राउ

काठमाडौं : काठमाडौँका व्यापारीको (व्यवसायी) विजय चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ परेका ६ जनालाई बिहीबार सार्वजनिक गरेका हो ।

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीय हदिसुन नेसा, रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौँका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेका छन् ।

देवान दम्पतीलाई भारताट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए । उनीहरुले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । देवान दम्पतीले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधी घाटीमा डोरीले कसेर हत्या गरेको र मोटरसाइकलमा राखेर जोकवार गाउँको बाटोमा लगेर शव फालेका थिए । त्यसलगत्तै उनीहरु भारत गएका थिए ।

ऋणमा डुबेका देवान दम्पतीले पैसाको प्रलोभनमा चौधरीको हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ । उनीहरुबाट प्रहरीले १७ लाख ३३ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेका केवट दम्पती भने मुख्य अभियुक्त देवानका दिदी भिनाजु हुन् ।

काठमाडौँ महानगरपाािलका–२७ असनमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय चौधरीको शव माघ १० गते नवलपरासीको रामग्रामा भेटिएको थियो । मृतक चौधरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ स्थायी बासिन्दा हुन् ।

TOP