Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कांग्रेस सांसद शर्मालाई पक्राउ गरेकोमा एमालेको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कांग्रेस सांसद डा. सुनिल शर्माको पक्राउप्रति आपत्ति जनाएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै एमाले पोलीटब्यूरो सदस्य ज्वालाकुमारी साहले नक्कली प्रमानपत्रको बखेडा झिकेर शर्मा लाई प्रकाउ गरिएको आरोप लगाएकी हुन् ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन माग गरेको आधारमा शर्मालाई पक्राउ गरिएको सांसद साहले दावी गरिन् । एमबीबीएस अध्ययनका लागि भारतको बिहारबाट आइएसस्सीको नक्कली प्रमाणपत्र बनाएको आरोपमा सांसद शर्मा बिहीवार काठमाडौंबाट पक्राउ परेका थिए ।

यसैबीच, एमालेको नाराबाजीका कारण प्रतिनिधिसभा बैठक सोमवारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी सम्बन्धमा छानबिनको माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

त्यसअघि संसदमा एमाले सांसदले विरोध जनाएकोमा सत्तापक्षका सांसद उठेर बोल्न समय माग गरेका थिए । एमालेको विरोधका कारण साउन १० गतेदेखि प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

TOP