इद उल फित्र पर्व मनाउँदै इस्लाम धर्मावलम्बी (फोटो फिचर)
आज इस्लाम धर्मवालम्बीहरुले इद उल फित्र पर्व मनाउँदै छन् ।
आजको दिन अल्लाहको प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुने गर्दछन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण तरिकाले मनाइने गरिन्छ । इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था एवम् राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिएका छन् ।
इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ९ इद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।० इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ ।