गायक यम बरालको बेजोड प्रस्तुती सहित टेक्सासको अर्भिगंमा ‘फेस्टिभ फ्राईडे’ आयोजना हुँदै
चर्चित गायक यम बरालले अमेरिकाको टेक्सासामा आफ्नो प्रस्तुती दिने भएका छन् ।’ फेस्टिभ फ्राईडे विथ यम बराल’ नाम दिईएको कार्यक्रम सेप्टेम्बर २४ तारिक आयोजना हुने भएको हो ।
सेप्टेम्बर २४ तारिक शुक्रबार सँझ ७ बजेबाट सुरु हुने यस सांगीतिक प्रस्तुती सहितको कार्यक्रम अर्भिगं स्थित सांग्रीला ग्रील एण्ड बारमा आयोजना हुँदैछ ।
८८४८ मिडिया हाउसको आयोजनामा हुन लागेको यस कार्यक्रमलाई गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका टेक्सास च्याप्टरले सहयोग गरेको छ ।
निष्ठुरीले छाडेर गै हाली, बादलुको घुम्टोले ईलाम बजार, मन रहे पो, दिलमाया, कस्तो होला त्यो मन तिम्रो, अव चोटहरुले पिराल्दैन लगायतका कर्णप्रिय गीतहरुमा आवाज भरेका यम बराल आधुनिक र पाश्र्व गायनमा चर्चित गायकका रुपमा स्थापित छन् ।