जसपाको विधान अधिवेशन सर्यो
जनता समाजवादी पार्टीको विधान अधिवेशन सरेको छ। बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघि जेठको १ देखि ३ सम्मका लागि तय भएको अधिवेशन एक महिनापछि सारेको हो ।आजको बैठकले ‘असार ९ देखि ११ सम्म काठमाडौंमा अधिवेशन गर्ने निर्णय गरेको छ ’ प्रवक्ता पूर्ण बस्नेतले बैठकपछि भने ।
उपनिर्वाचनका कारणले, विधानको प्रारम्भिक मस्यौदा माथिको धारणा संकलन र प्रतिनिधि चयन लगायतका विषयमा समय नपुग्दा अनिवेशन सारिएको उनले बताए । ‘ समग्रमा भन्दा तयारी पूरा नभएपछि विधान अधिवेशन सारिएको हो,’ उनले भने ‘सरकारको नीति तथा कार्यक्रम, बजेट लगायतका कामले गर्दापनि पार्टीको आन्तरिक तयारीमा ढिलाई भइरहेको छ ।’
जसपाले सरकारमा पठाउने मन्त्रीबारे भने कुनै पनि निर्णय गर्न सकेन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाले २ वटा मन्त्रालय पाएपनि एकजना मात्र मन्त्री छन्।