भक्तपुरमा स्व. गायक अरुण थापाको २१ औं स्मृति दिवस सम्पन्न
भक्तपुरमा स्वर्गीय गायक अरुण थापाको २१ औ स्मृति दिवस सांगीतिक माहौलबिच सम्पन्न भएको छ । “शुभारम्भ द म्युजिकल जर्नी”को प्रस्तुती एवं “भक्तपुर साङीतिक समाज”को आयोजनामा गायक थापाद्वादा स्वरवद्ध गीतहरुको प्रस्तुती, उनको योगदानबारे चर्चा लागायतका कार्यक्रम सहित सोमबार सम्पन्न भएको हो ।
बिगतका बर्षहरुमा समेत आयोजना हुँदै आएको यस कार्यक्रम यस पटक कोभिड १९ र त्यस्को असरबाट बच्न सरकारले लागु गरेको लक डाउनको बिषम परिस्थिति भएकोले सामाजिक दूरी कायम गरि सोशियल मिडियाबाट प्रत्यक्ष प्रशारण गरि सम्पन्न गरिएको हो ।
नयाँ पुराना गायक गायिका सहभागी यस कार्यक्रममा सहभागी संगीतकर्मीले स्वर्गीय गायक अरुण थापाका ९ वटा गीत म्युजिकल ट्र्याकमा आफ्नो प्रस्तुती दिएका थिए । जसमा भक्तपुरका स्थानिय कलाकारहरु गौतम श्रेष्ठ, बिनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्रलाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रबिन शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्बश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय गायक अरुण थापाको “करोडौं मुटुहरुको एउटै ढुकढुकि नेपाल ”, “चोट के हो ब्यथा के हो ?”, “जति माया लाए पनि जति कसम खाए पनि”, “म रोए पनि तिमी हासि दिनु”, “दोष कसैलाई दिन चाहन्न”, “आंखाको नीद चोरि लाने”, “ऋतुहरुमा तिमि हरियालि बसन्त हौ”, “लाग्न थाल्यो जिवनमा मेरो कथा यस्तो”, “सांझको जुन सगै आउछौ तिमी भनेर” बोलका गीतहरु प्रस्तुत गरिएको थियो।
कलाकारहरुले आफुले प्रस्तुत गर्न चाहेको गीत ट्रयाकमा गाएका गीतहरुको भिडियो भक्तपुर साङ्गीतिक समाजको फेसबुक ग्रुपमा पोष्ट गरि छ्नोट भएका कलाकारहरुले प्रत्यक्ष प्रशारण हुने गरि कार्यक्रममा प्रस्तुति दिएका थिए ।
कार्यक्रम समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुब मधिकर्मी त्यसै गरि बरिष्ठ गीतकार तथा समाजका सल्लाहकार सुवास चन्द्र ढुङ्गेल र केहि न्युन सङ्गीत प्रेमीहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको थियो । कोभिड-१९ बिश्व ब्यापी महामारिको बिषम परिस्थिति भएकोले प्रत्यक्ष प्रशारण गरिने स्थानमा प्रस्तुति दिनु हुने कलाकारहरु बाहेक अरुलाई निम्ता दिईएको थिएन त्यस बापत सङ्गीत प्रेमीहरुमा पर्न गएको असुबिधा प्रति समाजको तर्फबाट बाट अध्यक्ष प्रबिन शाहीले क्षमायाचना गर्नु भयो र यस्तो स्थितिका बाबजुद यो कार्यक्रम गर्न सफल भएकोमा खुसी पनि ब्यक्त गर्नु भयो ।
क्यान्सरका कारण ४७ वर्षको उमेरमा आज भन्दा २१ बर्ष श्रावन ५ गते अघि देहान्त हुनु भएका “बिछोड र बेदनाका गीतका पर्याय ” गायक अरुण थापाको निधन भएको थियो। “माञ्छेहरुको मूल्यांकन गर्दा नराम्रा पक्ष मात्र होइन राम्रा पक्ष पनि हेरिनु पर्छ स्वर्गीय गायक अरुण थापाका धेरै राम्रा पक्ष रहेको र थोरै नराम्रा पक्ष रहेको र नेपालको साङ्गीतिक इतिहासमा थोरै गीत गाएर पनि अत्यधिक चर्चित हुनु भएका निकै कम गायकमा अरुण थापा एक रहेको” “छिन्नलता पुरस्कार” लगायत थुप्रै पुरस्कारहरुबाट सम्मानित समाजका सल्लाहकार तथा बरिष्ठ गीतकार सुवास चन्द्र ढुङ्गेलले आफ्नो मन्तब्यका क्रममा जानकारि गराउनु भयो ।
“शुभारम्भ द म्युजिकल जर्नी”ले धेरै बर्ष भयो स्वर्गीय गायक अरुण थापा लाई सम्झेर उनको स्मृतिमा कार्यक्रम गर्न थालेको तर भक्तपुर साङीतिक समाज सङ्ग अरुण थापाको २१ औ स्मृति दिवस यो तेश्रो सहकार्य हो ।
“कला र कलाकारितामा भक्तपुर पछि छैन, मात्र एउटा मौका र अवसर पर्याप्त हुन सक्छ कलाकारको कला चम्कनको लागि र भक्तपुर साङीतिक समाज एउटा सहि माध्यम हुन सक्छ यस्तो मौका दिन अग्रसर एक मात्र सन्स्था पनि हो” समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुब मधिकर्मी ले आफ्नो मन्तब्यका क्रममा भन्नु भयो ।
हिजोको कार्यक्रम सफल पार्न मुख्य प्रायोजक गुड्विल कन्सल्ट, टि. भि. पार्ट्नरस् भादगाउँ टेलिभिजन, अनलाइन पार्ट्नरस् कलाकर्मी, फोटोग्राफी पार्ट्नरस् पिक्सेल प्रोडकसन नेपाल , भेन्यु पार्ट्नर स् टिशा ईन लन्ज एण्ड बार त्यसै गरि सम्बाहक डट कम लगायत सबैलाई आयोजक भक्तपुर साङ्गीतिक समाजको तर्फबाट सचिव तथा कार्यक्रम सम्योजक अल्बर्ट बज्राचार्यले धन्यवाद ज्ञापन गर्नु भयो ।