Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

राष्ट्रपति उम्मेदवार चयनका लागि शनिवार विहान कांग्रेसको कार्य सम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयन लगायत विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्ने भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ८ः३० बजेबाट सुरु हुनेछ । समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईयको बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलाई केन्द्रमा राखेर विभिन्न विषयमा छलफल हुनेछ ।

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ । यसै विषयमा छलफलका लागि शनिवारको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

TOP