लमहिका दर्जनौं युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश
दाङ देउखुरीको लमही नगरपालिकाका दर्जनौ युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ लमही नगर समितिको आयोजनामा एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ पार्टीमा प्रवेश गराइएको हो ।
नगर अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजमा रहेको अन्याय, असमानता, भ्रष्टाचार र बेथितिका विरुद्ध युबाहरु सचेतता पुरबक लाग्नु पर्ने र राष्ट्रिय जनमोर्चा जस्तो क्रान्तिकारी र निस्कलङ्क छवि भएको राजनीतिक पार्टीमा सम्पुर्ण युबाहरु संगठित हुनु पर्ने कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सल्लाहकार नारायण योगि राष्ट्रिय जनमोर्चा जिल्ला सचीव वसन्त राज पौडेल , अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर के सि ले मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य पदम प्रसाद गोराथोकी र लमही नगर अध्यक्ष हरी थापाको पनि आतिथ्यता रहेको थियोे । नितेश पौडेलको नेतृत्वमा प्रवेश गर्ने हरुमा सन्देश नेपाली , सन्दिप बुढा मगर, बिमल चौधरी , सुमित चौधरी , सरोज नेपाली , मिलन थापा, सन्तोष थापा मगर, प्रकाश राना, सन्देश डिसि, दीपेन्द्र योगि, दिपेन्द्र रेउले, अभिषेक भडेल, करन लामा, किस्मत बोहोरा , निरोज चौधरी , अनुप बस्नेत, मदन चौधरी , प्रदिप नेपाली , प्रेदेसी चौधरी , बम बहादुर राना मगर, लिला पुन मगर, धन बहादुर जि एम, टोपेन्द्र बुढा, जयन्द्र बिस्ट, अबिक नेपाली लगायत रहेका छ्न ।