Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सांसद झाको प्रश्न : भ्रष्टाचारको आरोपीले मोबाइल फर्म्याट गर्ने मौका किन पाइराखेको छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरुले योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै प्रश्न उठाएका छन्।

प्रतिनिधिसभामा सोमबार आकस्म्कि समय लिएर उनले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरुको नाम आउँछ। उनीहरुलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे । यस्तो किन हुन्छ ?’

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने उनको भनाइ छ । प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाए ।

मुलुकमा कुनै विपत्ति आउँदा वा अन्तराष्ट्रिय सम्बन्धका कुनै विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरु तारन्तर बस्नु स्वभाविक भए पनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै ठूला राजनीतिक दलहरुको ध्यानाकर्षण गरेका हुन् ।

TOP