घनश्यामले स्वघोषणा गर्दै नेकपा एस प्रवेस गर्ने
काठमाण्डौं । नेकपा एमाले बाट बाहिरिएका वामपन्थी नेता घनश्याम भुषालले नेकपा एस प्रवेश गर्ने भएका छन् । भोली सार्वजनिक कार्यक्रमबाट उनले उक्त घोषणा गर्न लागेका हुन् । गत संसदिय निर्वाचनमा एमालेले टिकट नदिएपछि एमालेबाट राजिनामा दिएर उनले स्वतन्त्र राजनीति गरिरहेका थिए । नेकपा रहँदा ओली विरुद्ध माधब नेपालको क्याम्पमा रहेका भुषाल अन्तिममा माधब नेपालको साथ छोडेर एमालेमै रहन पुगेका थिए । उनि बिद्रोही १० भाई मध्येका एक हुन् । यता माधब नेपालले भने अलग पार्टी गठन गरे ।
एमालेमा रहँदा माधब नेपाल समूहमै रहेका नेता भुषालले एमालेको ९ औं महाधिवेशनमा माधब प्यानलबाट उपमहासचिव जितेका थिए । पछिल्लो समय नेकपा एसका युवा नेताहरुको पहलमा उनलाई पार्टीमा भित्र्याउने अभियान चलेको थियो । अन्ततः उनि अब नेकपा एसमा स्वघोषणा गरेर प्रवेश गर्ने भएका छन् ।