Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

राष्ट्रियसभामा शासन व्यवस्था र निर्वाचन प्रणाली सुधार्न मौखिक प्रस्ताव

राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे राजनीतिप्रति जनतामा निराशा बढ्ने भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे स्थिति अकल्पनीय हुने भन्दै उनले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गरे ।

निर्वाचन प्रणाली सुधार्नुपर्ने बताउँदै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रर्णालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताए । विद्यमान समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्षमै मिलाउनु पर्नेमा जोड दिएका उनले संघीय संसद सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताए ।

अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उनको प्रस्ताव छ ।

नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने बताएका उनले सुशासनको प्रत्याभूति हुने भ्रष्टाचार निवारणको अभियान चलाउनुपर्ने बताए ।

 

TOP