Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

पाकिस्तानको मस्जिदमा भएको वम विस्फोट: मृतकको संख्या ५९ पुग्यो- २ सय घाईतेको उद्धार

पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा सोमबार भएको बम विस्फोटमा परि ज्यान गुमाउनेको सङ्ख्या ५९ जना पुगेको छ । पछिल्लो जानकारी अनुसार पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा  भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाउनेहरु संख्या ५९ पुगेको हो ।

अहिले सम्म झण्डै २ सय जनालाई घाईते अवस्थामा उद्धार गरिएको यस घटना दिउसोका समयमा भएकाले ठुलो संख्यामा प्राथनामा आएकाहरु विस्फोटको सिकार बन्नु परेको छ ।

बीबीसीले उल्लेख गरे अनुसार पाकिस्तानी तालिबानले यो विस्फोट गराएको हो । गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले २ महिना नवित्दै ठुलो मानविय क्षति हुने गरि गराएको यस विस्फोटप्रति प्रधानमन्त्री शहबाज शरिफले घोर निन्दा गरेका छन् । प्रधानमन्त्री शरिफले यो विस्फोट गराउनेहरु ईस्लामिक भएपनि उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताउँदै घटनाको भत्सर्ना गर्दै निन्दा व्यक्त गरेका हुन् ।

TOP