भक्त बिबि फर ह्युमानिटिसंगको सहकार्यमा कञ्चनपुरमा ‘एनआरएनए पुस्तकालय’ स्थापना
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालको कञ्चनपुर जिल्लामा रहेको बिद्यालयमा पुस्तकालय स्थापना गरेको छ । एनआरएनएले कञ्चनपुरको बिचवा स्थित बिणा माध्यमिक विद्यालयमा लाईब्रेरी स्थापना गरि सोमवार बिद्यालयलाई हस्तान्त्रण गरेको हो ।
एनआरएनए र भक्त बिबि फर ह्युमानिटिको संयुक्त पहलमा स्थापित यस पुस्तकालय सोमबार भक्त बीबी फर ह्युमानिटीका तर्फबाट राजु चन्दद्वारा बिद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।
यसअघी डडेल्धुरा जिल्लाको बाल कल्याण माध्यामिक बिध्यालय,र घनघस्या माद्यामिक बिद्यालयमा पुस्तकालय स्थापना गरी सकेको भक्त बीबी फर ह्युमानिटीले एनआरएनए संगको सहकार्यमा स्थापना गरेको कञ्चनपुरको पुस्तकालयले विद्यार्थीको सृजनात्मक विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
१५ सय भन्दा बढि संख्यामा पुस्तकहरु राखी स्थापना भएको यस लाईब्रेरीका माध्यमबाट कक्षाको नियमित पठन पाठन बाहेकका अतिरिक्त समयमा बालबालिकाहरुको पठनिय क्षमता स्थापित र अभिवृद्धी, कला, साहित्य र संगीत अन्तरगत कथा, कविता, चित्र ,व्यंग्यचित्र लगायतका पुस्तकहरु पनि समावेस छन् ।
भक्त बीबी फर ह्युमानिटीका संरक्षक भक्त बहादुर भण्डारीका अनुसार एनआरएनए लाईब्रेरीले बिणा माबिमा रहेका बालबालिकाको अध्ययनशिलता बौद्धिक बिकास र पुस्तकप्रति रुची अभिबृद्धीको लक्ष्य राखेको छ ।