Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अमेरिका र अस्ट्रेलियामा रहेका राजदूतलाई फिर्ता बोलाउने आक्रोशित फ्रान्सको निर्णय

फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर फ्रान्स आक्रोशित भएको फ्रान्सले यस निर्णय बिरुद्ध आपत्ती जनाउँदै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फ्रान्सले देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै माथीका दुई देशका राजदूतलाई फिर्ता बोलाउने निर्णको सर्वत्र चर्चा भएको छ । किनकी फ्रान्सले इतिहासमा पहिलो पटक अमेरिका र अस्ट्रेलियाका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेसंगै परमाणु पनडुब्बी विवादीत समेत बन्न पुगेको छ ।

अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेको अस्ट्रेलियाको विश्वासमाथी प्रश्न उठाउँदै फ्रान्सले तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको हो ।

राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले खेद प्रकट गर्दै यस्ता क्रियाकलापले मतभेद बढाउने तर्फ ध्यानाकर्षण गराएका छन् ।

TOP