Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

मनसुनबाट ५१ जिल्ला प्रभावित, ४६ जनाको मृत्यु

यस वर्षको चालु मनसुनबाट ५१ जिल्ला प्रभावित भएको छ। गृहमन्त्रालअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यस वर्षको बाढी–पहिरोबाट ४६ जनाको मृत्यु भएको छ।

बाढी-पहिरोमा परी ३१ जना हराइरहेका छन्। संखुवासभाको सुप हेवा हाइड्रोका १९ जना मजदुर अहिलेसम्म बेपत्ता नै छन्। उनीहरू असार ४ गतेको बाढीमा बेपत्ता भएका हुन्।

मनसुनजन्य विपद्मा परी ५९ जना घाइते भएका छन्। १५६ घरमा पूर्ण क्षति पुगेको छ भने ६८२ घरमा आंशिक क्षति पुगेको महाशाखाले जानकारी दिएको छ।

पहिरोबाट मकवानपुरमा ५, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। बाढी-पहिरोबाट संखुवासभामा ३, पहिरोबाट ताप्लेजुङमा ३, बाढीबाट पाँचथरमा ३, पहिरोबाट अर्घाखाँचीमा ३, दोलखामा ३ जनाको मृत्यु भएको छ। बाढी-पहिरोबाट काठमाडौं, रूकुमपश्चिम, रसुवा, बैतडी, गोरखा, तनहुँ, भोजपुरमा २-२ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको छ। अहिले देशभर मौसम सक्रिय रहेको छ। आजदेखि मौसममा सुधार देखिन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

TOP