२७० जनाको ज्यान जानेगरि अमेरिकी विमानमा विस्फोट गराएका अपराधि ३४ बर्षपछि अदालतमा पेस

आज भन्दा ३४ बर्ष पहिले २७० जनाको ज्यान जानेगरि अमेरिकी विमानमा विस्फोट गराएका अपराधी दशकौं पछि अमेरिकी अदालतमा पेस भएका छन् । सन् १९८८ मा अमेरिकी बिमान प्यान अममा बम विष्फोटमा संलग्न अगिला मोहम्मद मसुद खीर अल-मारिमीलाई सोमबार वासिन्टन डिसी स्थित संघीय अदालतमा उपस्थित गराईएको हो ।

सन् १९८८ मा अमेरिकी बोइङ ७४७ विमान विमान स्कटल्याण्डको लकरबीमा विष्फोट गराए र २ सय ७० जनाको हत्या गरियको थियो, जस मध्य १ सय ९० जना अमेरिकी नागरिक रहेका थिए ।

अर्धवार्षिक सेमेस्टर सकेर बिदा मनाएर स्वदेश फर्किदैं गरेका सिराक्यूज विश्वविद्यालयका ३५ विद्यार्थी सहित लण्डनको हिथ्रो विमानस्थलबाट न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल आउदैं गरेको विमान विस्फोट गराएको यस घटना विमान दुर्घटना मध्यको भयानक दुर्घटना मध्यको एक हो । अत्यन्त कु्रर हमला मध्यको यक यस घटनामा प्रयोग भएको विस्फोटक पदार्थ निर्माण गरेका अल-मारिमीलाई झण्डै ३४ वर्षपछि, अमेरिकी अदालतमा उपस्थित गराईएको हो ।

अल-मारिमी विरुद्ध लगाइएका आरोपहरूमा मृत्युदण्ड, आजीवन कारावास र २,५०,००० डलर सम्मको जरिवाना वा कैद लगायतका सजाय रहेका छन् । यद्यपी अपराध भएको वर्षमा संवैधानिक रूपमा सजाय उपलब्ध नभएकाले यस मुद्दामा मृत्युदण्डको सजायलाई अगाडि बढाउने योजना नभएको बताईएको छ ।

ठुलो संख्यामा मानव हत्याको अभियोगका लागि अदालतमा पेस भएका अल-मारिमीले अदालतमा पेस हुंदा लामो साईजको कैदी पोसाक लगाएका थिए भने अंग्रेजी भाषाको स्पष्टताका लागि राखिएका दोभाषेले बोलेको सुन्न कानमा हेडफोन लगाएका थिय ।

यस घटनाका अभियुक्त ठहर गर्दै यस अघि पनि २ जनालाई पक्राउ गरिएको थियो । सन् १९९१ मा अब्देल बसेत अली अल-मेग्राही र लामेन खलिफा फिमाह पक्राउ गरिएको थियो । विस्फोटका लिबियाली गुप्तचर अपरेटिभहरू भनिएका उनिहरु मध्य मेग्राहीलाई बम विष्फोटमा दोषी ठहर गर्दै सन् २००१ मा आजीवन कारावासको सजाय सुनाइएको थियो । उनलाई पछि रिहा गरिएको थियो किनभने उनी क्यान्सरबाट पीडित थिए र सन्  २०१२ मा उनको मृत्यु भएको थियो ।

 

TOP