Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

रवि लामिछाने र चिनियाँ राजदूतबीच भेट, के बिषयमा भयो कुराकानी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेट भएको छ।

सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शिष्टाचार भेट भएको हो। भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ। त्यस्तै, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।

उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएको रास्वपाको भनाइ छ। जवाफमा सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए। पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए।

राजदूतसँगको शिष्टाचार भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए।

TOP