Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

काे सँग गरिन् अभिनेत्री रेखा थापाले विवाह ?

काठमाडौं, २ फागुन:अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । एक वर्षदेखि चिनजानका दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।

रेखाले दुई हप्ता अघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् ।

‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मन मिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निर्णय गरेका हौँ । यसलाई जीवन प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’ रेखाले भनिन् । भर्खरै विवाह बन्धनमा बाँधिएका रेखा र बलराम शाहीबीच दुई वर्षको उमेर अन्तर छ । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।

रेखाको पहिलो विवाह चलचित्र निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गर्ने गरेकी थिइन् । तर कोसँग विवाह गर्न लागेको भन्‍ने गोप्य राख्दै आएकी थिइन् । अभिनेत्रीको रुपमा हिरो फिल्मबाट करिअर सुरु गरेकी उनले करिब सय बढी फिल्ममा अभिनय गरेकी छिन् । राप्रपा पार्टीसँग आबद्ध रेखा हालसालै महामन्त्रीमा पराजित भएकी थिइन् ।

TOP