Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

भोटो देखाउने जात्रा विश्व सम्पदा सूचिमा राख्न पहल गर्नुपर्ने सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा र बाह्रवर्षे जात्रा विश्वसम्पदा सूचिमा राख्न माग गरेकी छिन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमको बुदाँ ६५ देखि ६९ सम्म सांस्कृतिक सम्पदाको संरक्षणको विषय समेटिए पनि कला संस्कृतिको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहरमा राज्यको आँखा नपरेको भन्दै सो सम्पदा पुननिमार्णको माग गरेकी छिन् ।

उनले भनिन्, ‘७२ सालको भूकम्प पछि पुन निमार्णको कार्य सकियो भनेर पुन निमार्ण प्राधिकरण समेत विघटन भईसक्यो तर बुङ्मतिको रातो मछिन्द्रनाथ र खोकनाको रुद्रायनि मन्दिर भने ८ वर्ष देखि पुुननिमार्ण कुर्दा कुर्दा जिर्ण भइसके, सरकार कै हाम्रो सम्पदा राम्रो सम्पदा र पर्यटन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रम अन्तरगत यो मन्दिरहरुलाई तत्कालै पुन निमार्ण सम्पन्न हुने गरि आगामि वर्षको आर्थिक वर्षमा बजेट विनियोजन गरियोस र रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा, १२ वर्षे जात्रा विश्वसम्पदा सूचिमा राखियोस भन्न चाहान्छु ।’

TOP