Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

कार्यकालको ५ वर्ष कसैको शिर झुकाउने काम गर्दिन्ः मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यकालको ५ वर्ष कसैको पनि शिर झुकाउने काम नगर्ने बताएका छन् । ‘सडक सुरक्षाशिक्षा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले लालितपुरलाई स्मार्ट सिटि बनाउने काममा तिव्र रुपमा लागेको बताए । उनले अबको ६ देखि ८ महिना भित्रमा रिङ्रोड एरियाको ७.९ किमि खण्डमा स्मार्ट सिटि लाईट जडान गर्ने बताउँदै जताबाट हेर्दा पनि ललितपुर महानगर चिनिने हिसाबले महानगरको विकास गर्ने दाबी गरे ।

उनले भने ‘६ देखि ८ महिना भित्रमा रिङ्रोडको ललितपुरको ७.९ किमि खण्डमा स्मार्ट सिटि लाईट जडान हुन्छ । सबै ठाँउमा लाईट राखेपछि माथि आकाशबाट पनि हेदा जुन स्थानमा सबैभन्दा बढि लाईट हुन्छ त्यो ललितपुर हुनेछ । पार्क पोखरीलाई त्यसलाई पुन निमार्ण गर्दै छौ ।’  ललितपुरमा पहिलो तहको स्मार्ट सिटि बनाउने तयारी पूरा भएको भन्दै अबको केही समयमा ललितपुर स्मार्ट सिटिको रुपमा चिनिने बताए ।

लालितपुरमा हरियाली व्यापक रुपमा व्यवस्थापन गर्दै आएको भन्दै अबको १, २ वर्षमा महानगरमा कमलको फूल फूलाउन र पोखरीहरु निमार्ण गर्ने कामलाई सम्पन्न गर्ने बताए ।
दुर्घटना ग्रस्त क्षेत्र र लाईटको अभाव भएको स्थानहरुमा लाईट र सिसिटिभि जडान गरी दुर्घटनालाई सक्दो कम गर्ने पनि उनको भनाई छ ।

TOP