Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा अधिकारी

२२ जनवरी,लसएन्जल्स/अमेरिका
दक्षिण क्यालिफोर्नियामा सक्रिय सामुदायिक संस्था नेपाल अमेरिका एकता समाजले आठौ अध्यक्षका रुपमा संस्थाका आजीवन सदस्य रोशन अधिकारीलाई पाएको छ ।
लसएन्जल्सलाई कर्म थलो बनाएर विगत १४ वर्ष देखि नेपाली समुदायका माझ क्रियाशील यो संस्थाको गत आईतबार श्री पशुपतिनाथ फाउन्डेसन्को सभाहलमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष अधिकारीको नेतृत्व अनुमोदन गरेको हो ।

संस्थाको विधान वमोजिम गत नोभेम्बरमा गर्नु पर्ने साधारण सभा केहि ढिलो गरि भए पनि सम्पन्न गर्न यस अघिको कार्यसमितिले संस्थाका आजीवन सदस्य अग्नि चौलागाईको नेतृत्वमा चन्द्र शिवाकोटी तथा डिल्ली थापा सहितको तिन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

१३ सदस्यि कार्यसमितिमा आठ जनाले मात्र निर्वाचन समितिलाई विभिन्न पदमा उम्मेदवारी दिनु भएको र कुनै पदमा पनि दोहोरो उम्मेदवारी नपरेकोले आठै जना निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक अग्नि चौलागाईले साधारण सभामा गर्नु भएको थियो ।
निर्विरोध निर्वाचित हुने अन्य पदाधिकारी तथा सदस्यहरुमा अर्जुन पौडेल- उपाध्यक्ष, शम्सेर भण्डारी – महासचिव, शिव शिवाकोटी-सचिव, तथा सदस्यहरुमा बबिन थापा , नवराज मुडभरि , विदुर खड्का , मणिराम न्यौपाने र छत्र बाहदुर छेत्री हुनुहुन्छ ।

संस्थाको प्रमुख पदहरु मध्ये वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा अन्य सदस्यहरुको पद हाललाई खाली रहेको जानकारी पनि निर्वाचन समितिले दिएको छ ।
साधारण सभामा महिला सहभागिता सहित नयां कार्यसमितिलाई छिट्टै पूर्णता दिने जानकारी संस्थाकी पुर्व अध्यक्ष शारदा श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा राख्नुभएको छ।
संस्थाका सस्थापक तथा निवर्तमान अध्यक्ष स्वर्गीय प्रकाश घिमिरेको क्यान्सर रोगबाट असामयिक निधन भए पछि कार्यवाहक अध्यक्षका रुपमा संस्थालाई नेतृत्व दिनु भएका कार्यवाहक अध्यक्ष नविन कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले गत वर्षहरुमा भएका असामयिक निधन प्रति शोक ब्यक्त गर्दै संस्थाका निवर्तमान अध्यक्ष प्रकाश घिमिरे सहित समुदाय सदस्य दिपक पाठक र सुर्य भण्डारी प्रति एक मिनेट मौन धारण सहित आत्माको चिर शान्तिको कामना गरेको थियो ।

सभामा संस्थाको प्रगति तथा आम्दानी खर्चको विवरण प्रस्तुत गरिएको थियो । नवनिर्वाचित कार्यसमितिलाई कार्यबाहक अध्यक्ष नबिन कुमार पोखरेल लगायत पुर्व अध्यक्षहरु शारदा श्रेष्ठ, सुर्य प्रसाई, चन्द्र शिवाकोटी ,संस्थाका आजीवन उपस्थित सदस्यहरु तथा श्रीपशुपतिनाथ फाउनडेशनका अध्यक्ष रामेश्वर भण्डारीले सफल नेतृत्व र कार्यकालको लागि शुभकामना दिनु भएको थियो ।

यस अघि संस्थाका पुर्व अध्यक्ष उमा कार्की थापा,संस्थापक अध्यक्ष शान्तिराम ढकाल लगायत वाणिज्य दुत ऋषि ढकालले साधारण सभा सफलता र आउने नेतृत्वलाई कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको सन्देश सभामा सुनाइएको जानकारी पुर्बअध्यक्ष सुर्य प्रसाईले द वल्ड नेपाल न्युजलाई दिएको हो ।

TOP