‘५ बर्ष खेर फालेका ओलीको मत माग्ने आधार पनि गुमिसकेको छ’ – गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्ने अधिकार गुमाईसकेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमालेका अध्यक्ष केपी शर्मा ओली झुटा आश्वासनमा मात्र केन्द्रित भएकाले यस निर्वाचनमा भोट माग्ने आधार समेत नरहेको बताएका हुन् ।
ओलीले सरकार सञ्चालनलाई नै गम्भिरतापूर्वक नलिएको आसय सहित थापाले आफु सरकारमा रहँदा समय खेर मात्र फालेको बताएका छन् । उनले सरकारमा रहँदा आफुले निर्वाह गर्न नसकेको भूमिकाप्रति ओलीले जनतासंग माफी माग्नु पर्ने समेत बताएका छन् ।
‘कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने बताउँदै थापाले यस निर्वाचनमा मत माग्न समेत ओलीको नैतिकताले नदिने जिकिर सहित जनताको विश्वास तोडेकोमा ओलीले क्षमा याचना गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका छन् ।
स्थानिय तहको सरकारको जिम्मा अवको ५ बर्ष कांग्रेसलाई दिनुपर्ने भन्दै महामन्त्री थापाले कांग्रेस स्थापना कालदेखीनै आफ्नो प्रतिवद्धताप्रति गम्भिर रहेको उल्लेख गरेका छन् ।