स्वार्थमा अल्झिएका शक्तिले सत्ता कब्जा गरे : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले निहीत स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल भएको आरोप लगाएका छन् । ती शक्ति जनतालाई भ्रमित पार्न पनि सफल भएको उनले दाबी गरे । नेपाल बुद्धिजीवि परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्ने क्रममा उनले जनतालाई सचेत हुन नदिने र सँधै पथभ्रष्ट बनाउने चक्रबाट बाहिर ल्याउन बुद्धिजीवि सचेत भएर लाग्नु पर्ने बताए । उनले भने,‘निहीत स्वार्थमा अल्झिएका शक्ति सत्ता कब्जा गर्न सफल भए ।
उनीहरु जनता अल्मल्याएर चटक गर्न उद्धत छन् । उनीहर जनतामा भ्रम छरिरहेका छन् । जनताको चेतनालाई रोक्न खोजिरहेका छन् । बौद्धिक जगतले जनतालाई सचेत गराउन जरुरी छ । पथभ्रष्ट बनेकाहरुलाई सही बाटोमा ल्याउने काम बुद्धिजीविको हो । जनतालाई भ्रमबाट मुक्त गराउने आजको महत्वपूर्ण काम हो ।’ उनले बुद्धिजीविको काम रेललाई रेलको इन्जिनसँग तुलना गर्दै यसले समाजलाई सहि दिशातर्फ डोराउनु मद्दत गर्ने बताए । देश विकास गर्नेभन्दा चर्को आवाज भ्रष्टाचार र राष्ट्रघातिहरुको भएको उनको भनाई छ । त्यस्ता स्वर दबाएर विकासको काममा जनता डो¥याउन आवश्यक रहेको उनले भने ।