Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

कोलोराडोको डेनभरमा हिमपात: आपसमा ठोक्किएर १०० गाडी दुर्घटना – केही राजमार्ग अवरुद्ध

अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा हिमपातका कारण १०० वटा गाडी दुर्घटना भएका छन् । सिजनको पहिलो हिमपातपछि शुक्रबार बिहान कम्तिमा १०० सवारी साधन दुर्घटनामा परेको हो ।

रातभरी परेको हिउँ पछि चलेका गाडीहरु ठुलो संख्यामा दुर्घटना भएपनि डेनभर राजमार्गका केही भागहरू बन्द समेत गर्नु परेको थियो ।

हिमपातका कारण अनियन्त्रित भै आपसमा ठोक्किएर दुर्घटना भएका ति गाडिहरुमा सबार प्राय सबै नै घाईते भएका छन् भने केहीको अवस्था गम्भिर रहेको अमेरिकन समाचार गृहहरुले जनाएका छन् ।

दुर्घटना फेरी पनि दोहोरिन सक्ने संभावना बढेपछि कोलोराडोका उत्तरी कालामाथ मार्ग र उत्तर फेडरल व्लुभर्डको पूर्वी र पश्चिमतर्फको पश्चिम मार्ग बन्द गरिएको थियो ।

नेपालीहरुको समेत वाक्लो बसोबास रहेको डेनभर क्षेत्रमा हिमपात हुँदा त्यहाँको नेपाली समुदायमा पनि प्रभाव देखिएको छ । हिमपातकै कारण १०० वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भएपछि काममा जानुपर्नेहरुलाई पनि समस्या परेको छ  ।

(एजेन्सी)

TOP