Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

निजी विद्यालयको शुल्क घटाउने बालेन शाहको तयारी – विद्यालय संचालकहरु तनावमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयको शुल्क घटाउने तयारी गरेका छन् । मेयर शाहले महानगर भित्रका निजि विद्यालयहरूले आफूखुसी रुपमा शुल्क लिन नपाउने गरी विद्यालय अवलोकनको तयारी गरेका हुन् ।

महानगरपालिकाको आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका निजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गरेका मेयर शाहले अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताएका छन् ।

काठमाडौंभित्रका निजि विद्यालयहरूले आफुखुसी शुल्क उठाउने गरेको चर्को बिरोधलाई ध्यानमा राखि शाहले यस प्रकारको प्रावधानको तयारी सुरु गरेका हुन् । अनावश्यक शुल्क तिर्नुपर्ने अविभावको वाध्यतालाई यस पहलले धेरै हद सम्म राहत मिल्ने देखिन्छ ।

यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् । यता मेयर शाहको यस्तो तयारीको खबर बाहिरिए पछि निजि विद्यालय सञ्चालकहरू भने नेताहरुसंग हार गुहार गर्न थालेका छन् उनिहरुले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेको समाचार पनि संचार माध्यम मार्फत बाहिरिरहेका छन् ।

सार्वजनिक खबर अनुसार निजि विद्यालय सञ्चालकहरू प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा समेत पुगेर यस प्रकारको निर्णय रोक्न कोशिष गरिरहेका छन् ।

TOP