Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

एनआरएनए टेक्सस च्याप्टरद्वारा आज ह्युष्टनमा बृहत अन्तरक्रिया आयोजना

गैर आवासिय नेपाली संघ एनआरएनए एनसीसीको अन्तरक्रिया आज टेक्सासको ह्युष्टनमा हुँदैछ । विविध बिषयको छलफलका लागि एनसीसी तथा च्याप्टर पदाधिकारी साथै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिताबिचमा आज शनिवार साँझ ५ बजेबाट ह्युष्टनमा अन्तरक्रिया हुने भएको हो ।

एनआरएनए टेक्सास च्याप्टर सचिव चण्डी भण्डारीका अनुसार एनसीसी र च्याप्टरका जिम्मेबारीले समेटेका विविध विषयका बारेमा यस अन्तरक्रियामा छलफल हुनेछ ।

विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपस्थिती र अवस्था बिषयमाथी पनि छलफल हुने बताईएको छ । किनकी संघले क्रिकेट एशोसियशन अफ नेपाल, नेपाली अल स्टार्स र ह्युस्टन हुरिकेन संग समन्वय गर्दै प्रतियोगिताको ब्यवस्थापन कार्यको जिम्मेवारी लिएको छ । यस बिषयमा नेपालको राष्ट्रिय टिमलाई अवसर र प्रोत्साहन प्रदान गर्ने उद्देश्य व्यवस्थापकिय जिम्मा लिएको एनआरएनए अमेरिकाले खुसी व्यक्त गर्दै आगामी दिनमा समेत आपसी सहकार्यबाट यस्तै महत्वपूर्ण कार्यक्रमको आयोजना गर्दै मातृभूमि नेपाललाइ हरेक क्षेत्रबाट सहयोग पुर्याउने कार्यमा एकवद्ध हुन अनुरोध पनि गरेको थियो । साथै प्रतियोगितामा अनकुल समय पर्ने नेपालीलाई उपस्थिती सहितको हौसला प्रदान गर्न अनुरोध गरेको संघले नेपाली प्रतियोगिताको लागि डोनेशन गर्न इच्छुकहरुका लागि अनलाईन पेपल लिंक पनि सार्वजनिक गरेको थियो ।

 

TOP