Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन अर्थमन्त्री डा. महतको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । तर नियम कानूनले दिएको अधिकार भित्र रहेर कुनै पनि कार्यको कार्यान्वयन गर्न नचुक्न पनि उनको निर्देशन छ ।

विहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. महतले समग्रमा सबैले पारदर्शीका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।
उनले सेवाग्राहीका लागि सहज र सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न निर्देंशन दिदै नियम, कानूनमा करदाताहरुले तिर्नुपर्ने कुरा छ भने उनीहरुलाई तिराउन कर्मचारी सजग हुनुपर्ने बताए । उनले कर्मचारीेले गर्नुपर्ने काममा भने सम्झौता गर्न नहुनेतर्फ पनि सजग गराए ।

मन्त्री महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीलाई आफ्नो जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न पनि उनले निर्देशन दिए ।

उनले कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा आफुलाई विश्वास रहेको उल्लेख गर्दै यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने अपेक्षा आफुले राखेको पनि बताए ।

उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोशिस गरिराख्नु भएको छ ।’

TOP