Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

दिलीपको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैद – मतियारलाई साढे १२ वर्ष सजाय

काठमाण्डौँ, १२ फागुनः पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ । मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५२५ वर्ष कैद र ५५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ् । दिलीपको हत्या गर्ने क्रशर उद्योगीलाई जन्मकैद, मतियारलाई साढे १२ वर्ष जेल सजाय हुने भएको हो ।

पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ । त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।

अधिकृत विष्णु भट्टराईका अनुसार जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको हो । उनीहरुको सम्पत्तिबाट क्षितपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेश दिएको छ । गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो ।

TOP