Trending

रवि लामिछानेले आज बुझाएको चुनाव खर्च विवरण – ११ लाख ८१ हजार ४ सय ७२ रुपैंया

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । लामिछानेले निर्वाचन कार्यालयलाई सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि भएको खर्च विवरण शुक्रबार बुझाएका हुन् ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानले ११ लाख ८१ हजार ४ सय ७२ रुपैंया खर्च विवरण आज बुझाएका हुन्।

निर्वाचित लामिछानेले पेस गरेको खर्च विवरणमा मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचार प्रसार, कार्यालय संचालन, प्रतिनिधि परिचालन र विविध शीर्षकहरु समावेस रहेका छन् ।

लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आएका छन्।

त्यस्तै आजै लामिछानेले उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ सहित पदाधिकारीहरु सँग चितवनको आर्थीक विकासका बारेमा छलफल पनि गरेका छन् । सो छलफलमा ३ महत्वपूर्ण विषयमा छलफल भएको बताएका लामिछानेले बुँदागत रुपमा सो वारे जानकारी दिएका हुन् । जसमा ईन्भेष्ट ईन चितवन कार्यक्रम अन्तर्गत चितवनमा लगानी सम्मेलन गर्ने, चितवनमा अन्तराष्ट्रिय कृषि प्रवर्धन तथा विकास मेला गर्ने र युवा रोजगार प्रर्वधनका लागि ‘आईडिया बैंक’ स्थापना गर्ने विषय विषेश महत्वमा रहेका छन् भने यी ३ बिषय लगायत अन्य धेरै बिषयमा सहकार्य गर्ने कुरामा एकमत भएका र चितवनको चौतर्फी विकासका लागि प्रतिवद्ध रहेको लामिछानेले जानकारी दिएका छन् ।

TOP