Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

गण्डकी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित यी प्रदेशमा बाक्लो बादल लागेर मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा बाक्लो बादलका कारण दिउँसै बेलुकाजस्तो अँध्यारो भएको छ । पश्चिम नेपालमा अबका दुई दिन र पूर्वका अबका केही दिन दिउँसो मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिनुभयो । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भइरेहको हो ।

यसैबीच काठमाण्डौको मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ । काठमाण्डौबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएका छन् ।

TOP